भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ एस.एस चोक नजिक टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गएराति ९ बजेर २० मिनेटमा बा ३ क १७४५ नम्बरको टिप्परले ठक्कर दिँदा प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी–५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको हो ।