कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले) की रुकमणी कोइराला विजयी भएका छन्।
अन्य समूहबाट कांग्रेसका सिटौलाले पाँच हजार दुई सय ९२ मतभार प्राप्त गर्दा सोही समूहमै राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेलले चार हजार पाँच सय २६ र नेकपा (एमाले)का पर्शुराम अधिकारी एक सय २९ मतभार प्राप्त गरेका निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए।
यसैगरी महिला समूहतर्फ नेकपा (एमाले)की रुकमणी कोइरालाले पाँच हजार ८६ मतभार प्राप्त गरी विजयी भइन् भने नेकपा (माओवादी केन्द्र) की चम्पादेवी कार्कीले चार हजार नौसय ९२ मतभार प्राप्त गरिन्।
निर्वाचन अधिकृत गौतमले विजयी उम्मेदवारद्वय सिटौला र कोइरालाले विजयी प्रमाणपत्र हस्तान्तरण गरे।