राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते सोमबार अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा सङ्घीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उक्त दिन ४ बजे सदनको अधिवेशन आह्वान गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
मन्त्रिपरिषदले सदनको बैठकका निम्ति यही माघ ९ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।