पाँच तले घरकाे छतबाट हाम फालेका धनगढीका व्यवसायीको मृत्यु भएको छ ।
छतबाट हाम फालेका धनगढी बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पारिवारिक विवादका कारण उनले बुधवार विहान करिब साढे ११ बजेतिर हाम फालेको बुझिएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।