सूर्य तामाङले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नयाँ कीर्तिमान बनाएका छन् । गण्डकी प्रदेशका ईश्वर क्षेत्रीलाई ३६ रनमा आउट गराउँदै सूर्यले एउटै संस्करणको प्रधानमन्त्री कपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।
बागमतीबाट खेलिरहेका सूर्यको यो जारी प्रतियोगिता २१ औं विकेट हो । उनले नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीले २०१९ मा एकै संस्करणमा लिएको २० विकेटको कीर्तिमान तोडेका हुन् ।