काठमाडौं – भारतको अयोध्यामा सोमबार भगवान रामको प्राण प्रतिष्ठाको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।
नेपालको जानकी मन्दीर जनकपुर, बारा, पर्सा, रौतहट, चितवन, काठमाडौं, नेपालगञ्ज, तनहुँ, महोत्तरी, कैलालीको धनगढीलगायत विभिन्न जिल्लामा श्री रामको पूजा अर्चना गर्नुका साथै सोभायात्रा निकालिएको छ।
देशका विभिन्न स्थानमा रहेका राम तथा जानकी मन्दीरसहित घरघरमा दिपावली पनि गरिएको छ। विशेषगरी माता जानकी मन्दीर जनकपुरमा भव्य समारोहको आयोजना गरिएको छ।
हेरौं नेपालका विभिन्न स्थानबाट लिइएका तस्बिर-