पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका-९ रिहार नजिक यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको बस आइतबार राति ११ बजे दुर्घटना हुँदा बर्दियाको गेरुवा गाउँपालिका-१ का भीमनाथ योगी र मधुवन नगरपालिका-२ अमरपुरका युवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।