आइसिसी यू-१९ विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ। दक्षिण अफ्रिकामा जारी विश्वकपमा नेपालले ६४ रनको हार बेहोरेको हो। न्युजिल्यान्डले दिएको ३०२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २३८ रन मात्र बनाउन सक्यो।
नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९० रन बनाए। कप्तान देव खनालले ३६ रन जोड्दा तल्लोक्रमका सुभाष भण्डारी ३३ र तिलक भण्डारी १७ रनमा नटआउट रहे। नेपालका तीन खेलाडीले रन जोड्न सकेनन्। ओपनर दिपक बोहरा, उत्तम मगर र दिपेश कडेल ० मा आउट भए।
दिपक बोहरा १५, आकाश चन्द १४, गुनशन झा र आकाश त्रिपाठी समान २ रनमा आउट भए। न्युजिल्याण्डका मेसन क्लार्कले ३ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले सेन्हिथ रेड्डीको अविजित १४७ रनको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो। यस्तै कप्तान ओस्कर ज्याक्सनले ७५ रन बनाए। नेपालका सुवाश भण्डारीले ३ तथा गुलशन झाले २ विकेट लिए।
नेपालले बुधबार पाकिस्तानसँग खेल्नेछ।
#Nepal #icc #u19 #cricket