नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीले आज आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको पहिलो खेलमा न्युजिल्याण्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ ।
न्युजिल्याण्ड र नेपालले यस संस्करणमा आफ्नो पहिलो खेल खेल्दैछन् । यू-१९ विश्वकप इतिहास हेर्ने हो भने नेपालले यसअघि यी दुई टोलीबीच भएको दुवै खेल जितेको छ ।
२००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो । सिनियर टोलीले विश्वकपमा सानदार प्रदर्शन गरे पनि यू-१९ भने तुलनात्मक रुपमा न्युजिल्यान्डको प्रदर्शन कमजोर रहँदै आएको छ ।
नेपालको कप्तानी देव खनाल र न्युजिल्यान्डको ओस्कर ज्याक्सनले गर्ने छन् । समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्वपूर्ण हुनेछ ।
नेपाल रहेको समूह डी मा न्युजिल्यान्डसँगै अफगानिस्तान र पाकिस्तान छन्।