आइसिसी यू-१९ विश्वकप आजदेखि सुरु हुँदैछ । पहिलो दिन शुक्रबार २ खेल हुँदा नेपालले भने आइतबारदेखि विश्वकप यात्रा सुरु गर्नेछ ।
प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ए अन्तर्गत आज आयरल्यान्डले अमेरिकासँग खेल्नेछ । त्यस्तै समूह बी मा आयोजक दक्षिण अफ्रीका र वेस्ट इन्डिजले प्रतिस्पर्धा गर्नेछन् । नेपाली समयअनुसार खेल दिउँसो १:४५ बजे सुरु हुनेछ ।
नेपाल प्रतियोगिताको समूह डी मा रहेको छ । नेपालले पहिलो खेल आइतबार न्युजिल्यान्डसँग खेल्नेछ । यस समूहमा पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् ।