गएको संविधान दिवसमा असल चालचलन भएको भन्दै कारागारबाट छुटेका व्यक्ति फेरि चोरी आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसएपी शेखर खनालका अनुसार, झम्सिखेलको एक घरमा भएको चोरीमा दोलखाको शैलुङ गाउँपालिका–४ का ४० वर्षका रघुनाथ बस्नेत पक्राउ परेका छन् ।
खनालका अनुसार, बस्नेत चोरी कसूरमा जिल्ला कारागार दोलखामा कैद सजाय भुक्तान गरिरहेका थिए । तर, २०८० साल असोज ३ गते संविधान दिवसका बेला असलचालचलन भएको भन्दै छुटेका थिए ।
प्रहरीका अनुसार, बस्नेतविरुद्ध हालसम्म १२ वटा मुद्दा दर्ता भएको देखिन्छ । तीमध्ये ९ वटा चोरीसम्बन्धी कसूरका छन् भने ३ वटा अभद्र व्यवहार सम्बन्धी कसूरमा छ ।