क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने युवती गौशाला-२६ को तस्बिर भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राई छन्। राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थप भएको छ।
गौशाला २६ ले आफ्नो तस्बिर भन्दै सार्वजनिक गर्नेलाई कानूनी कारबाहीको माग गर्दै जाहेरी दिएकी थिइन्। पीडित गौशाला २६ को भन्दै तस्बिर राख्ने अन्यको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।