त्रिशूलीमा गाडी खसेको आशंकामा खोजी गरेको चितवन प्रहरीले नदीभित्र भारतीय नम्बर प्लेटको बोलेरो जिप फेला पारेको छ।
बिहान ४ः५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित मिलेर खोजी गर्दा भारतीय नम्बर प्लेट BR 09GC1430 को बोलेरो जिप फेला परेको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए।
भण्डारीका अनुसार जिपभित्र मानिस फेला नपरेकाले दुर्घटनाका बखत गाडीमा मानिस थिए या थिएनन् यकिन भएको छैन। अझै खोजी कार्य जारी छ।