नेपालले आइसिसी यू–१९ विश्वकप अघि आधिकारीक वार्मअप खेलमा स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले हराएको छ । दक्षिण अफ्रिकामा नेपालको यू१९ विश्वकप अघि यो लगातार तेस्रो जित हो ।
जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ९९-३ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।नेपालका अर्जुन कुमाल ३३ र आकाश त्रिपाठीले २९ रन बनाए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्याण्ड ४४.४ ओभरमा १ सय १४ रनमा अल आउट भयो । स्कटल्याण्डलाई सस्तैमा अल आउट गर्न नेपालका गुलशन झा र तिलक भण्डारीले ३-३ विकेट लिए ।
नेपालले अन्तिम वार्मअप खेल मंगलबार वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले दक्षिण अफ्रिकामा यसअघि दुई अभ्यास खेलमा दुबैमा जितेको थियो ।
नेपालले स्कटल्यान्डलाई १ सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो । यी दुई खेल भने नेपालले आफैं अभ्यास खेल खेलेको थियो ।