१२ जनाको ज्यान जाने गरी शुक्रबार राति दाङको भालुवाङस्थित राप्ती नदीमा भएको बस दुर्घटना चालकको लापरवाहीका कारण भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।
इन्ट्री नगरी तीव्रगतिमा कुदाउँदा बस अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताए।
“चालकले सपट बिग्रिएर दुर्घटना भएको वयान दिएका छन्”, उनले भने, “तर हामीलाई त्यस्तो लाग्दैन, नजिकै प्रहरीको इन्ट्री प्वाइन्टमै नरोकेर तीव्रगतिमा लिएकाले दुर्घटना भएको हाम्रो निष्कर्ष छ।”
बस दुर्घटनामा सातजनाको घटनास्थलमै र पाँचजनाको उपचारका क्रममा निधन भएको हो।