शुक्रबार राति दाङको भालुबाङस्थित राप्ती पुलबाट खसेको बसका चालकले टायर नमोडिएपछि बस खसेको बताएका छन्।
बस सल्यान त्रिवेणी गाउँपालिका- ४ का २८ वर्षीय लाल बहादुर नेपालीले हाँकेका थिए।
उनले प्रहरीसँगको बयानमा बसको सापट बिग्रिएर चक्का नघुमेपछि बस खसेको बताएका दाङका डिएसपी जनक मल्लले जानकारी दिए।
चालक नेपाली सामान्य घाइते छन्। दुर्घटनापछि उनलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको छ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजे पुलबाट तल खसेको थियो । हालसम्म मृत्यु हुनेको संख्या १२ पुगेको छ।