दाङको राप्ती गाउँपालिकाको भालुबाङस्थित राप्ती नदीको पुलबाट यात्रुबाहक बस खसेको छ ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर खसेको हो ।
पछिल्लो समय प्राप्त जानकारी अनुसार ४ जनाको मृत्यु भएको छ। दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले हालसम्म ४ जनाको मृत्यु भएको बताए।