नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथ्वीनारायण शाहका कतिपय नीतिहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।
पृथ्वीजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले भनेका छन्, ‘तत्कालीन समयमा छरिएर रहेका स–साना राज्यहरुलाई एकीकरण गरी सबैमा एकता कायम गर्दै आधुनिक नेपाल निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनु भएका शाहले अवलम्वन गर्नु भएका स्वावलम्वी र आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायतका कतिपय नीतिहरु आज पनि उत्तिकै सान्दर्भिक रहेका छन् ।’
देउवाले शाहप्रति श्रद्धाञ्जली अर्पण गर्दै अगाडि भनेका छन्, ‘त्यो कालखण्डमा जो जसले सहादत दिनु भयो ती सबैलाई आजको मितिमा बिशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु।’
उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्रदान गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन्।