काठमाडौँ – क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत् हारजीत हुनेगरी ‘अनलाइन क्यासिनो गेम’ खेलाएको अभियोगमा तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउपर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–१ घर भई काठमाडौँ कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, भक्तपुर सूर्यविनायक नगरपालिका–४ अनामनगर बस्ने सर्लाही बागमती नगरपालिका–७ घर भएका २१ वर्षीय निशानराज कार्की र भक्तपुर सूर्यविनायक नगरपालिका–४ अनामनगर बस्ने सर्लाही बरथहवा नगरपालिका–११ हिरापुर घर भएका २५ वर्षीय निशान गौतम रहेका छन्।