काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रेम र बलात्कारको परिभाषा स्पष्ट हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले कस्तो अबस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार भन्ने स्पष्ट हुनुपर्ने उल्लेख गरेका छन्।
उनले सन्दीप लामिछानेको सम्बन्धमा आएको फैसलापछि सामाजिक सञ्जालमा उक्त अभिव्यक्ति दिएका हुन्। भण्डारीले बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवस्यकता रहेको बताएका छन्।
“बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवस्यकता छ। कस्तो अबस्थालाई प्रेम? र कस्तो अवस्थालाई बलात्कार? बलात्कार भनेको के हो? अनि प्रेम के हो? प्रेम बलात्कारमा परिणत हुन्छ हुँदैन? परिभाषाको आवश्यकता!!”, उनले भनेका छन्।