कैलालीको कर्णाली चिसापानीमा पर्ने पितमारी नजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको ज्यान गएको छ ।
अछामबाट कुइने चिसापानी हुँदै बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँ घरतर्फ जाँदै गरेका दम्पती चढेको मोटरसाइकल कुइने कर्णाली चिसापानी सडक खण्डअन्तर्गत पितमारी नजिक दुर्घटना भएको हो ।
भे १३ प १०७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बर्दिया ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका ३८ वर्षका खगेन्द्रप्रसाद ढकाल र ३४ वर्षकी महेश्वरी तिमिल्सिना ढकालको ज्यान गएको इलाका प्रहरी कार्यालय कर्णाली चिसापानीले जनाएको छ ।
सडकदेखि झण्डै ३ सय मिटर तल नदि किनारको खोँचमा हिजो बेलुका ८ बजे केही उज्यालो देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । गम्भीर घाइते दम्पतीलाई अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको