कोशी प्रदेशको इटहरीमा बर्न हस्पिटल (जलन अस्पताल) निर्माण हुने भएको छ। प्रदेश स्वास्थ्य मन्त्रालय र काठमाडौँको जनस्वास्थ्य सरोकार ट्रष्टबीच इटहरी उपमहानगरपालिका–८ भवानी टोलमा १०० शय्याको बर्न अस्पताल निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा स्वास्थ्य मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री केदार कार्की र ट्रष्टका प्रमुख डा गौरी प्रधानले हस्ताक्षर गरे।
दुई बिघा १० कठ्ठा जग्गामा रु ४० करोडको लागतमा अस्पताल निर्माणमा हुन लागेको हो। आगामी तीन वर्षमा अस्पताल सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण शीघ्र थालिने मुख्यमन्त्री कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बताए।