नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष ओलीको मति अझै नसुध्रिएको टिप्पणी गरेका छन्। पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै मति ठीक नभएसम्म कम्युनिष्टहरु मिल्ने भनेर नहुने तर्क गरे।
उनले भने, ‘ओली राष्ट्रियसभाको चुनावको बेलामा प्रचण्डकहाँ गएर हामीलाई ६ सीट दिनुस्, कांग्रेसलाई १३ सीट दिनुस् तपाई ५ सीट लिनुस् भनेछन्। एकीकृत समाजवादीलाई जिरो सीट दिने रे। भनेपछि अझै उनको मति सप्रिएको छैन। कम्युनिष्टहरु मिलुन् मात्रै भनेर हुँदैन।’
राजनीतिमा गलत विचार र प्रवृत्ति बोकेकासँग आफूहरू जुध्दै देश र जनतालाई केन्द्रविन्दुमा राखेर पार्टीलाई अघि बढाउने उल्लेख गर्दै उनले विचार, दृष्टिकोण र व्यवहार गलत भएसम्म देश र जनतालाई केन्द्रविन्दुमा राखेर जुध्न तयार रहेको बताए। ओलीले प्रचण्डमाथि हैकम चलाउन खोजेपछि एमाले नेतृत्वको गठबन्धन नटिकेको उनले स्मरण समेत गरे।