साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन्।
पहिलो सेमिफाइनलमा एपिएफले गण्डकीलाई २५-२३,२५-२० र २५-१५ तथा दोस्रो सेमिफाइनलमा पुलिसले आर्मीलाई २५-२१, २५-२३ र २५-१९ ले हराउँदै फाइनलमा स्थान बनाए।
नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह चरण एउटैमा रहेका एपीएफ र पुलिसबीच बिहीबार फाइनल र आर्मी र गण्डकीबीच तेस्रो स्थानको खेल हुनेछ।
गत वर्ष गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३३ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आर्मीलाई हराउँदै एपीएफले उपाधि जितेको थियो।