काठमाडौं – जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद र ५ लाख जरिवाना हुने गरी सुनाएको सजाय चित्तबुझ्दो नभएको भन्दै सन्दीप लामिछाने उच्च अदालत पाटन जाने भएका छन्।
जिल्ला अदालत काठमाडौंको फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने उनका वकील सरोजकृष्ण घिमिरेले बताए।
क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायका लागि उच्च अदालत जाने बताए।