राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विभिन्न क्लस्टरमा उम्मेदवारी दिएकाहरूविरूद्ध आज उजुरी दिन सकिनेछ।
निर्वाचन आयोगले आज उम्मेदवारहरू विरूद्ध दाबीविरोध र उजुरी दिन सकिने बताएको हो।
निर्वाचन आयोगका अनुसार १९ पदका लागि ८ पार्टीका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। उनीहरूविरूद्धको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने आयोगले बताएको छ।
पुसको २७ गते उम्मेदवारी फिर्ता लिने दिन तोकिएको छ। र, त्यही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले बताएको छ।
ती उम्मेदवारहरूलाई पुस २८ गते चुनाव चिह्न दिइने छ।
माघ ११ गते हुने निर्वाचनमा सात प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र तोकिएको छ।