त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ३०० ग्राम सुनसहित श्रीलंकाली महिला पक्राउ परेकी छन्।
शनिबार राति १२ बजे फ्लाई दुबईबाट आएकी श्रीलंकाली नागरिक ४५ वर्षीया कान्था माथा काभास्कर सुनसहित पक्राउ परेकी हुन्।
उनले लगाएको ब्राभित्र प्लास्टिकले बेरेको ५ सय ग्रामका दुई थान र कट्टुभित्र स्प्रे गरेको अवस्थामा ३ सय ग्राम सुन बरामद भएको हो।
विमानस्थलमा सुरक्षा जाँचका क्रममा उनलाई पक्राउ गरिएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले बताए।