कडा थप्पड पाएपछि सानी निलोफर अयुबीको अनुहार लामो समयसम्म रातो रह्यो। उत्तरी अफगानिस्तानको कुन्दुजको सडकमा खेलिरहेकी निलोफरलाई थप्पड लागेपछि उनी भुइँमै लडेकी थिइन्।
त्यतिबेला उनी मात्र चार वर्षकी थिइन् जब लामो दाह्री र अग्लो कद भएको एक डरलाग्दो मानिसले उनको छातीमा हात राखेको थियो। उ ‘स्त्रीत्व’ को पहिचान गर्न चाहन्थ्यो। गालामा थप्पड हानेपछि ती व्यक्तिले निलोफरलाई भविष्यमा बुर्काबिना देखेमा उसको बुबालाई नछोड्ने धम्की दिए।
यस घटनाको २३ वर्षपछि निलोफरले एक रेडियो कार्यक्रममा दिएको अन्तर्वार्तामा भनिन्, ‘म रुँदै घर पुगेँ। बुबाको अनुहार रिसले रातो भयो। उनी रिसले चिच्याइरहेका थिए।’
निलोफर भन्छिन्, “मलाई मेरो बुबा कोठामा गुनगुनाइरहेको सम्झना छ – तिमीलाई छुने हिम्मत कसरी भयो? यसपछि बुबाले ठूलो निर्णय लिए। उनले आमालाई कैंची ल्याउन भने र मेरो कपाल काट्न भने।”
उहाँले मेरी आमालाई भन्नुभयो, “केटाको लुगा यसलाई लगाइदेउ।”
निलोफर तालिबान शासनको पहिलो अवधिमा अफगानिस्तानमा हुर्किएकी थिइन्।
यो समय १९९६ र २००१ को बीच थियो। तालिबानको शरीया कानूनबाट बच्नका लागि निलोफरले आफ्नो जीवनको लगभग दश वर्ष केटाको रूपमा बिताइन्। तालिबानले शरिया कानूनलाई आफ्नै तरिकाले व्याख्या गर्छन्। र, यसअन्तर्गत उनले महिलालाई अधिकारबाट वञ्चित गर्दै आएका छन्।
निलोफर अहिले पोल्याण्डमा बस्दै आएकी छिन् । आफ्नो बाल्यकालका घटनाहरू सम्झँदै उनी भन्छिन्, “त्यतिबेला अफगानिस्तानमा हुर्कनु भनेको संसारको सबैभन्दा रूढिवादी क्षेत्रमा हुर्केको जस्तो थियो। जहाँ तपाईंको अधिकार तपाईं पुरुष हो वा महिला हो निर्धारण गरिएको थियो।”
बाल्यकालका दिन
निलोफरको जन्म सन् १९९६ मा भएको थियो । यद्यपि उनको राहदानीमा उनको जन्म मिति सन् १९९३ छ।
सन् २००१ मा अफगानिस्तानमा अमेरिकी सेना आइपुग्दा र तालिबान पछि हट्ने बित्तिकै निलोफरका बुबाले उनलाई विद्यालयमा भर्ना गराउने प्रयास गर्न थाले। छोरीले जतिसक्दो चाँडो पढाइ सुरु गरोस् भन्ने उनको चाहना थियो ।
निलोफरले भनिन्, “कुन्दुज महिलाका लागि राम्रो सहर थिएन। महिलाका लागि त कुरै छोड्नुहोस्, यो त पुरुषहरूको लागि पनि गाह्रो शहर थियो।”
उनी भन्छिन्, “अफगानिस्तानमा केटा भएर जन्मनुले तपाईंलाई स्वभाविक रूपमा बल प्रदान गर्छ। यदि तिमी दुई वर्षको छोरा हौ भने तिमीलाई जन्म दिने आमाको भन्दा धेरै सम्मान तिमी पाउँछौ। केटा चार वर्षको भए पनि उसलाई जन्म दिने महिलाको उ अभिभावक बन्छ। उनी दासजस्तै बन्छिन्। नारीको रुपमा तिम्रो कुनै अस्तित्व नै रहँदैन मात्र अदृश्य।”
घरपरिवारमा छोरीलाई छोराजस्तो पहिरन लगाउने चलन पनि यही कारण भएको निलोफर बताउँछिन्।
यदि परिवारमा महिलालाई सँगै अगाडि लैजाने पुरुष नभएको खण्डमा कुनै पनि साधनस्रोतले सम्पन्न व्यक्तिले त्यस परिवारका महिला सदस्यलाई भेटेर श्रीमती बनाउन खोज्छ। “मेरो मामलामा त्यस्तो थिएन,” उनी भन्छिन्, “हाम्रो परिवारमा पुरुषहरू थिए त्यसैले म स्वतन्त्र रूपमा बाँच्न सकें।”
स्वतन्त्रता
अनौठो तरिकाले कपाल काटेर आफ्नो भाइको पुरानो लुगा लगाइसकेपछि उनलाई यो थाहा थिएन कि यसले उनको जीवन कसरी पूर्ण रूपमा परिवर्तन हुन्छ भन्ने।
निलोफर भन्छिन्, “मलाई दाजुभाइलाई जस्तै व्यवहार गरियो, म केटाको लुगा लगाएर बुबासँग बजार जान पाउँथे। म बसमा यात्रा गर्न सक्थे। खेलमा सहभागी हुन पाएँ। छिमेकका केटाहरू मेरो साथी बनें। म सधैं घरबाहिर खेल्थें।”
तर निलोफरका अन्य दिदीबहिनीहरूको लागि भने जीवन अफगानिस्तानका अन्य महिलाहरू जस्तै थियो। उनीहरुले दिनभरी टाउको छोपेर घरभित्रै बस्नुपरेको थियो। शरीरको कुनै भाग नदेखिने गरी लुगा लगाउनुपर्थ्यो। उनका बुबालाई यो सब देखि घृणा थियो।
निलोफर भन्छिन्, “मेरो बुबा कहिल्यै पनि पहेँलो रंगको परम्परागत लुगा लगाउने पक्षमा पनि हुनुहुन्थेन। बुबा सधैं आमासँग यसै कुरामा झगडा गरिरहनुहुन्थ्यो कि किन आफ्नो मनको कपडा लगाउन दिइँदैन किन यस्तो खुकुलो र लामो लुगा लगाउन बाध्य बनाइन्छ?”
वास्तविकता तिर
१३ वर्षको उमेरमा निलोफर जुडोको कडा तालिमपछि निराश भएर घर फर्किइन्। उनको खुट्टा दुखिरहेको थियो र उनी ओछ्यानमा आराम गर्न चाहन्थिन्। बाथरुममा पस्नेबित्तिकै उनले दुवै खुट्टाको बीचबाट रगत बगिरहेको देखिन्। उनी नराम्ररी डराइन्। तर उनलाई यो थाहा भएन कि उनको जीवनले नयाँ मोड लिन थालेको छ।
उनी भन्छिन्, “अर्को दिन मैले मेरो साथीलाई यो कुरा सुनाएँ। उ हाँस्न थाली र मलाई भनि -तिमी मुर्ख छौ। तिम्रो दिदीबहिनीले यो कुरा भनेका छैनन् र?”
सोही साथीले उनलाई यो ‘सेक्रेट’को बारेमा जानकारी गराइन् र टिभी विज्ञापनमा देखिने सेनेटरी प्याडको महत्त्व पनि बुझाइन् ।
उनी भन्छिन्, ‘जब म घर फर्किएँ, मेरी आमाले मेरो लुगामा केही देख्नुभयो। मकहाँ आएर मलाई राम्रो महसुस गराउनुको सट्टा मेरी आमाले म किन यति छिट्टै किन हुर्कदैछु भनेर कराउन थालिन्।”
निलोफरको जीवन पनि अब आफू र अरु छोरीहरुको जीवनजस्तै हुने थाहा पाएर उनकी आमा रोइरहिन्। उनको जीवन पनि चार पर्खाल भित्र कैद हुने चिन्ताले उनलाई सताएको थियो।
विद्रोही मनोवृत्ति
एक केटाको रुपमा बिताएको जिन्दगीले निलोफरको जीवनमा विद्रोही स्वभाव भरिदिएको थियो। यही कारण उनले केटीहरूलाई उनीहरूको शरीरमा भइरहेको परिवर्तनहरू बुझाउन समूह गठन गरिन्। उनको यस्तै विद्रोही बानीले उनलाई भारत गएर अध्ययन गर्न प्रेरित गर्यो। साथै विवाहको बारेमा पनि उनको विचारलाई नयाँ दृष्य प्रदान गर्यो।
उनी भन्छिन्, ‘मलाई धेरै विवाहको प्रस्ताव आएको थियो । म सानो छँदा प्रस्तावहरू आउन थाले तर मेरो बुबाले मलाई धेरै सुरक्षा दिनुभयो। मैले अहिल्यै बिहे नगर्ने बताएँ। पहिले पढाइ पूरा गर्छु अनि के गर्ने भनेर सोच्छु भनें।”
अन्ततः २०१६ मा उनले १९ वर्षको उमेरमा विवाह गरिन् । गतवर्ष बुबाको मृत्युपछि खाली भएको ठाउँ उनका श्रीमानले भरे। “उहाँले पक्कै पनि मेरो बुबाको ठाउँ लिन कठिन थियो, तर उनले यो भूमिका निर्वाह गरे। उहाँ धेरै सहयोगी हुनुहुन्छ,” उनले भनिन्।
बाहिरको बाटो
निलोफरको परिवार बढ्दै गयो र अन्ततः उनीहरू राजधानी काबुल गए। जहाँ उनले धेरै फर्निचर पसल खोले। एक समय उनको व्यवसायमा ३ सय जना काम गर्थे। तीमध्ये अधिकांश महिलाहरू थिए जसको कुनै पुरुष अभिभावक थिएनन्।
तर २०२१ बाट अफगानिस्तानबाट अमेरिका र सहयोगीहरूको फिर्तासँगै तालिबान फेरि एकपटक सत्तामा फर्कियो। निलोफर र उनको परिवारको लागि यो भूमिगत हुने समय थियो।
काबुलको गल्लीहरूमा अराजकता बढ्दै जाँदा उनले आफ्नो व्यवसायको ठाउँ नजिकै आश्रय खोज्ने योजना बनाइन्। जबकि उनकी आमा र दिदीहरू सहरको अर्को छेउमा गए। तर उनीहरु उनको पहुँचभन्दा बाहिर थिए।
त्यतिबेला निलोफरले अफगानिस्तानको घटनाक्रमबारे जानकारी दिन पत्रकारलाई ब्रिफिङ गरिरहेकी थिइन्। एकजना पोल्याण्डका पत्रकारले निलोफरलाई यो सोधे कि उनको र उनको परिवारका सदस्यहरूको नाम त्यस्तो कुनै सूचीमा छ जसलाई अफगानिस्तान छोड्न अनुमति दिन सकियोस्?
निलोफरले सम्झिँदै भनिन्, ‘छैन”, त्यसपछि उसले आफूलाई एक घण्टा समय दिन भने। त्यसपछि उनको नाम एक ह्वाट्सएप ग्रुपमा थपियो र उनलाई २४ घण्टाभित्र काबुल एयरपोर्ट पुग्न भनियो। केवल दुई ब्याकप्याकका साथमा।
उनी भन्छिन्, ‘मेरी आमा कुरान लिएर उभिएकी थिइन्। त्यो अन्तिम पटक मैले मेरी आमा र मेरो घर देखेको थिएँ।’
एक नयाँ जीन्दगी
निलोफर र उनको परिवार हाल पोल्याण्डमा बस्दै आएका छन् । अफगानिस्तानबाट उड्न विमान चढ्नुअघि उनलाई यो देशको बारेमा धेरै कम जानकारी थियो।
तर सबै कठिनाइहरूको बावजूद उनी आफ्नो देश र संसारमा महिला अधिकारको लागि लड्ने वकिल बनेकी छन्। उनले ब्रसेल्स, जर्मनी र अमेरिकाको भ्रमण गरिसकेकी छिन्। उनले त्यहाँका मानिसहरूलाई आफ्नो विभाजित जीवनको बारेमा धेरै सुनाएकी छन्।
उनी भन्छिन्, ‘मेरो जीवन अभिशाप र वरदान दुवै भयो।’
उनी भन्छिन्, “अभिशाप यस अर्थमा कि यसले मलाई भित्रैबाट टुक्राएको थियो। म न त पूर्णरुपमा नारी बन्न सके न त पुरूष। तर यो वरदान पनि साबित भयो। मैले दुवै अनुभव पाएँ। यसले मलाई बलियो महिला बनायो। आज म उस्तै छु।”