जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको एक यात्रुवाहक विमान कोस्ट गार्ड को विमानसँग ठोक्किँदा दुवै विमानमा आगलागी भएको छ।
स्थानीय समय अनुसार साँझ ६ बजे उक्त दुर्घटना भएको थियो। हालसम्म ५ जनाको मृत्यु भएको पुष्टि भएको छ।
कोस्टगार्डको सो विमान सोमवारको भूकम्पका पीडितलाई सहायता सामग्री पुर्याउन नोतो प्राय:द्वीपको निगाता विमानस्थलतर्फ जाने क्रममा रहेको जनाइएको छ।
एनएचके र रोयटर्स समाचारसंस्थाले जापान एअरलाइन्सलाई उद्धृत गर्दै विमानमा सवार सबै ३७९ यात्रुको उद्धार गरिएको जनाएका छन्। एअरबस ए ३५० जेट विमान उत्तरी जापानको होकाइदोबाट आएको जापान एअरलाइन्सका प्रवक्ताले बताएका छन्।
जापानी प्रसारक टीबीएस र एनएचकेका अनुसार ठोक्किएको तटरक्षक निकायको सानो विमानबाट एक व्यक्ति बाहिर निस्किन सफल भएका थिए।