काठमाडौँको माइतीघर मण्डलामा भेला भएर ‘धोती दिवस’ मनाउने क्रममा ५३ जना पक्राउ परेका छन्।
विद्यार्थी जनमत संघले जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर मण्डलामा आयोजना गरेको धोती दिवसमा प्रहरीले हस्तक्षेप गरेको हो।
जनमत पार्टीका अध्यक्ष सिके राउतलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ।
अध्यक्ष राउतसहित उनीहरू धोती दिवस मनाउन माइतीघर मण्डलमा पुगेका थिए। अध्यक्ष राउत लगायतले निषेधित क्षेत्रमा कार्यक्रम गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ।