नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्याउने चेतावनी दिएका छन् ।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रचण्डलाई कांग्रेसले नै प्रधानमन्त्री बनाएको र कांग्रेसले नै फेरि त्यहाँबाट हटाउन सक्ने बताए।
प्रधानमन्त्री प्रचण्डले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको पनि उनले जिकिर गरे।
‘हामीले जुन दिन चाहँदैनौँ वा प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने, खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि कांग्रेसकै छ,’ महामन्त्री थापाले भने।