रुपन्देहीको मर्चवारीमा सात वर्षीया बालिकाको हत्या भएको छ। शुक्रबार दिउँसोदेखि हराइरहेकी इस्लामपुरकी सात वर्षीया नन्दनी कुर्मीको हत्या गरी फालेको अवस्थामा शनिबार शव फेला परेको रूपन्देही प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार प्रारम्भिक अनुसन्धानबाट बालिकाको हत्या भएको खुलेको छ। हत्यामा संलग्नको आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए।