ललितपुरको बालकुमारीमा गोली प्रहारबाट मृत्यु भएको घटनाको विरोधमा आज माइतिघरमा प्रदर्शन गरिएको छ। घटनाको विरोधका केही युवाहरुले माइतिघरमा प्रदर्शन गरेका थिए। सो क्रममा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरुले शुक्रबारको घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए। काठमाडौं जिल्ला प्रशासनले माइतीघरलाई केही समयअघि निषेधित क्षेत्र तोकेको थियो। सोही क्रममा त्यहाँ प्रदर्शन गर्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।