नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा ज्यान गुमाउने दुई युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सरकारको आलोचना गरेका छन्।
उनले बल प्रयोग समस्याको समाधान नभएको बताउँदै आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय भएको उल्लेख गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘बालकुमारी घटनामा होनाहार दुईजना नवयुवकको ज्यान गयो। बल प्रयोग समस्याको समाधान होइन । समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय छ। घटनाको तत्काल छानविन गरी दोषीलाई कार्वाही गर । ज्यान गुमाउने युवाप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना । अब यस्तो कहिलै नहोस् !’
कोरियन भाषा परीक्षामा सहभागी गराउन माग गर्दै शुक्रबार भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा वीरेन्द्र शाह र सुजन रावतको मृत्यु भएको थियो।