बालकुमारी झडपमा मृत्यु भएका सुजन राउतलाई प्रहरीको गोली नलागेको पाइएको छ । यसअघि उनको मृत्यु गोली लागेर भएको बताइएको थियो।
बालकुमारी झडपमा उनी गम्भीर अवस्थामा बेहोश थिए। उनलाई उपचारका लागि किष्ट मेडिकल कलेज लगिएको थियो।
अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकका अनुसार राउतलाई १२ः४० तिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । ‘मेडिकल टिमले सीपीआर गर्यो, सफल नभएपछि १ः१७ मा मृतघोषणा गरिएको छ’ पाठकले भने, ‘छातीमा नीलो रंगको डाम छ । गोली पाइएन।’