ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा घाइते भएका अर्का एक युवकको पनि मृत्यु भएको छ । घटनापछि गम्भीर घाइते भएर उपचारका लागि पाटन अस्पताल पुर्याइएका वीरेन्द्र शाहको पनि मृत्यु भएको छ ।
पाटन अस्पतालमा उपचाररत शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले जानकारी दिए।
यसअघि झडपमै परी गम्भीर घाइते भएका २३ वर्षीय सुजन राउतको किस्ट मेडिकल कलेजमा मृत्यु भएको थियो भने गम्भीर घाइते नै भएका शाहलाई पाटन लगिएको थियो।