कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।
किस्ट अस्पतालमा लगिएका एक जना गम्भीर घाइतेको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । अर्का एक जना गम्भीर घाइते छन् ।
प्रहरीको गोली लागेर घाइते भएर उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको हो। ललितपुर प्रहरी परिसरका एसपी नवराज कार्कीले प्रदर्शनमा राउतको मृत्यु भएको पुष्टि गरे ।
जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै बालकुमारीस्थित सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।