साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। अब फाइनल प्रवेशका लागि उ एक जित टाढा छ। बिहीबार हुने खेलमा पोखरासँग फाइनल प्रवेशका लागि ललितपुरले खेल्नेछ। पहिलो क्वालिफायरमा सोमबार पोखरालाई टाइब्रेकरमा ४-३ ले हराउँदै धनगढी एफसी फाइनल पुगिसकेको छ।
दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरले १० खेलाडीमा सिमित काठमाडौंलाई ३-० ले पराजित गरेको हो। ललितपुरका लागि इमोह इजिकिएलले २ र पापा केबेले १ गोल गरे। इजिकिएलले ३६ औं र ५२ औं मिनेटमा गोल गर्दा ४४ औं मिनेटमा भने पापाले गोल गरेका थिए।
३-० ले पछि परेको काठमाडौंका कप्तान अन्जन राई दोहोरो पहेँलो कार्ड पाउँदै ७४ औं मिनेटमा मैदान छोड्न बाध्य भएका थिए।
अब बिहीबार हुने पोखरा र ललितपुरबीचको खेलको विजेताले उपाधिका लागि शनिबार धनगढी एफसीसँग खेल्ने छ।