सेन्ट निकोलस चर्च टावरको भग्नावशेष माइभ र जो कोनेल परिवारको घरमा अवस्थित छ। १३ औं शताब्दीको यो भग्नावशेषमा हरियो घाँस र पहाडको बीचमा एउटा चिहान पनि छ।
यस चिहानमा गाडिएका अधिकांश मानिसहरू यस सम्पदाका प्रारम्भिक बासिन्दाहरू मध्येका हुन् र स्थानीय मानिसहरूका अनुसार माइराका सेन्ट निकोलस पनि यी मानिसहरूमध्ये पर्छन्।
हो, तपाईंले सहि बुझ्नुभयो, यो त्यही सेन्ट निक हुन् जसलाई सान्ता क्लजको चरित्रको निर्माता मानिन्छ र यो पनि भनिन्छ कि उनको दान गर्ने क्षमताका कारण उनलाई सान्ता क्लज मानिन्थ्यो।
आज ओ कनेल जोरपोइन्ट पार्कको एकमात्र मालिक र यहाँ बस्ने एक मात्र व्यक्ति हुन्।
१२० एकडमा फैलिएको यो १२ औं शताब्दीको मध्ययुगीन सहर आयरल्याण्डको किल्केनी सहरबाट २० किलोमिटर दक्षिणमा छ। यो स्थान नोर र लिटिल एरिङ्गल नदीको क्रसिङ पोइन्टमा अवस्थित छ र यो क्षेत्रमा सन् ११६० मा आयरल्याण्ड आएका नर्मनहरूले बसोबास गरेको मानिन्छ।
कस्तो थियो सहर, कहाँ हराए मानिस?
आयरल्याण्डको हेरिटेज काउन्सिलको संरक्षण योजना अनुसार, शहरलाई १५ औं शताब्दीमा अझ सुधारिएको थियो। पुरातात्विक प्रमाणहरूले यस अवधिमा घर, बजार, टावर, पुल, सडक, मिल, पानी व्यवस्थापन प्रणाली र जेरपोइन्ट एवे निर्माण भएको देखाउँछ। यो जेरपोइन्ट एवे अझै त्यहाँ उभिएको छ।
तर यस सहरका मानिसहरू १७ औं शताब्दीमा हराए। हिंस्रक हमला वा महामारीका कारण मानिसहरूले त्यो ठाउँ छोडेको अनुमान गरिएको छ।
त्यसपछि कसरी यस्तो भयो कि सेन्ट निकोलसको चिहान भनिने यो सहर भूतको सहरबाट निजी सम्पत्तिमा परिणत भयो र त्यसपछि यसको बारेमा धेरै रहस्यमय कहानीहरु बने? यद्यपि, ओ कनेललगायत स्थानीय बुद्धिजीवीहरूले यस सम्बन्धमा धेरैजसो जानकारी प्रदान गर्न सक्छन्।
हामीलाई यी सम्पत्ति देखाउँदा, माइभ र टिमले हामीलाई भने कि प्रसिद्ध व्यक्ति (सेन्ट निक) सधैं यहाँ थिए। उनीहरुले हामीलाई चर्चको चिहानमा ढुङ्गामा कुँदिएको आकृति देखाए। यस चित्रमा, सेन्ट निक अगाडि हेर्दै गरेका थिए र यसले उनको परोपकारी स्वभावलाई देखाएको छ। माइभले भनिन् ‘उहाँ केही उपहारहरु दिँदै हुनुहुन्छ।’
के सान्ता क्लज र सेन्ट निक एउटै व्यक्ति हुन्?
वास्तवमा, यसलाई परोपकारको चिन्हको रूपमा हेर्न सकिन्छ र यो विश्वास गरिन्छ कि सान्ता क्लज, क्रिस क्रिंगल, फादर क्रिसमस र सेन्ट निक एउटै नामका व्यक्तिहरू थिए जसले उपहारहरू दिए।
तर, धार्मिक आस्थाका रूपमा सान्ता क्लज जीवित छन् भनिन्छ र उनलाई विश्वास गर्नेहरूको हृदयमा उनी जीवित छन् भन्ने पनि विश्वास गरिन्छ। तर यस ऐतिहासिक चरित्रलाई प्रेरित गर्ने व्यक्ति माइराको सेन्ट निकोलस नै थिए।
सन्त बन्नुअघि निकोलस पुरातन रोमन शहर पटारामा जन्मेका एक अनाथ थिए। भ्याटिकन न्यूजका अनुसार उनले आफ्नो सम्पूर्ण सम्पत्ति आवश्यक परेका, बिरामी र गरिबहरूलाई दान दिएका थिए। त्यसपछि उनी माइराका विशप बने जुन अहिले आधुनिक टर्कीको एक भाग हो। उनी सन् ३२५ मा निकियाको त्यही परिषद्मा विशप भएका थिए जहाँ येशू ख्रीष्टलाई परमेश्वरको पुत्रको रुपमा घोषित गरिएको थियो।
सेन्ट निकोलसको मृत्यु ६ डिसेम्बर ३४३ मा माइरामा भएको थियो। तथापि, आज पनि सेन्ट निकोलस को चिहान को स्थान को बारे मा विद्वानहरु बीच एक रहस्य छ। कतिपयले उनको चिहान टर्कीको एन्टाल्यामा रहेको सेन्ट निकोलस चर्चभित्र रहेको विश्वास गर्छन्। कतिपयले उनको शव चोरेर इटालीको बरीमा गाडिएको दाबी गरेका छन् । यो पनि विश्वास गरिन्छ कि उनको शव इटालीको बासिलिका डि सान निकोलाको चर्चमा गाडिएको थियो।
कतिपयले सेन्ट निकको सामान उनको शरीरबाट खोसिएर बेचेका वा मानिसहरूलाई उपहारस्वरूप दिएको पनि बताउँछन्।
अवशेष आयरल्याण्ड कसरी पुग्यो?
माइभले दुईजना पुरुषहरू सेन्ट निकोलसको काँधबाट हेर्दै गरेको मूर्तिलाई देखाइन्। उनले विस्तृत रुपमा यसबारे चर्चा गर्दै उक्त दुईजना क्रुसेडरका योद्धा भएको जसले सेन्ट निकोलसको शवलाई टर्कीबाट इटाली सुरक्षितसाथ राख्नको लागि लगिरहेको बताइन्।
उनले यो पनि बताइन् कि ति योद्धाहरुले सेन्ट निकोलसको शरीरका केही अवशेषहरु आयरल्याण्ड पनि ल्याए र न्यूटाउन जेरोपोइन्टको सेन्ट निकोलस चर्चमा त्यसलाई गाडे।
माइभ आफू र जो यहाँ कसरी आए भन्ने बारेमा भन्छिन्, ‘हामी यो जेरोपोइन्ट पार्कमा १६ वर्षअघि आएका हौं। हामीले आयरल्याण्डमा मात्रै होइन् ब्रिटेनका सुनसान सहरमा पनि जमिन किनेका छौं।’
जेरोपोइन्टमा अहिले पनि खेती हुन्छ। मेइभले यो स्थान भर्जिन साइट भएको बताइन्। किनकि यसका अधिकांश क्षेत्र अझै घुमफिर गरिएको छैन। तर केही विद्वानहरुको तर्क छ कि यस ठाउँमा पनि धेरै दंगा भएको थियो।
“चिहानको स्थान यसको वास्तविक स्थान होइन,” आयरल्यान्डको अध्यागमन सङ्ग्रहालय एपिकका प्रदर्शनी र कार्यक्रम प्रमुख नाथन म्यानियन भन्छन्, ‘यो यहाँ १८३९ मा ल्याइएको थियो।’
मेनियन आफैं काउन्टी किल्केनीका हुन् र जेरपोइन्ट पार्कमा सेन्ट निकको चिहानको बारेमा अफवाहहरू सुनेर हुर्केका थिए। यसले उनको जिज्ञासा झनै बढाएको छ। उनी भन्छन्, “मलाई इतिहासमा सधैं रुचि थियो र त्यही कुराले मलाई यो पेशामा ल्याएको हो।”
के सान्तालाई साँच्चै यहाँ गाडिएको छ?
जेरपोइन्ट पार्कको समाधि भित्र के छ भन्ने बारेमा उनी भन्छन् कि यसबारे कुनै पनि हदसम्म निश्चित रूपमा भन्न असम्भव छ। कतिपयले सेन्ट निकोलसका अवशेषहरू यहाँ गाडिएको विश्वास गर्छन् भने अरूले चिहानको बारेमा गलत विश्वास रहेको र यो वास्तवमा स्थानीय पुजारीहरुको चिहान हो भनी विश्वास गर्छन्।
उनी भन्छन्, “जब यो चिहान यहाँ १८३९ मा ल्याइएको थियो, तिनीहरूले यो भित्र के छ भनेर सोचेका हुन सक्छन्।” यद्यपि, माइभ भने चिहान खन्ने कुनै योजना नभएको बताउँछिन्। उनी यसमा सन्तका अवशेषहरू भएको विश्वास गर्छिन्।
उनी भन्छिन्, “ती अवशेषहरू मूर्तिमा देखाइएको तथ्यले गर्दा मानिसहरूले यस ठाउँलाई महत्त्वपूर्ण ठान्छन्। बिना कारण कसैले पनि ठूलो मूर्ति स्थापना गर्दैन। यहाँ केहि न केही त पक्कै छ।”
मेनियनको विश्वास छ कि चिहानमा रहेको मूर्तिको मुनि के छ भन्ने रहस्य यसको उत्खनन् बिना थाहा हुन सक्दैन। यो आस्थाको विषय भएको र विश्वभर सन्तको शवहरु भेटिने गरेको तर यसको पुष्टि गर्ने एउटै उपाय डीएनए नमूनाबाट हुने उनको विश्वास छ।
उनी भन्छन्, “यस कारण पनि म सान्ता वास्तवमा आयरल्याण्डमा छन् कि छैन भन्न सक्दिनँ। न त म त्यसो गर्न चाहन्छु।”
माइभ क्रिसमससँग सम्बन्धित चीजहरूमा काम गरिरहेकी छन्। जेरोपोइन्ट पार्कको समाधिस्थलमा प्रत्येक वर्ष १० हजार पर्यटक आउँछन्।
यद्यपि, जेरोपोइन्ट पार्क ठूलो क्रिसमस गन्तव्य भने होइन। यस कारण यो सबै समय सर्वसाधारणका लागि खुला छैन। तर माइभका अनुसार पर्यटकहरूले जेरोपोइन्ट पार्कमा सम्पर्क गरेर र निजी भ्रमण भने गर्न सक्छन्। धेरै जसो जेरोपोइन्ट पार्क डिसेम्बरमा शान्त रहन्छ।
माइभ भन्छिन् कि उनी, जो र उनीहरूका दुई छोराछोरी डिसेम्बर ६ मा आफ्नो परिवारसँग सेन्ट निकोलसको पर्व दिन चुपचाप मनाउँछन्। क्रिसमस भने उनी र उनका नजिकका मानिसहरू सँगै मनाउँछन्। माइभ भन्छिन्, “मलाई क्रिसमस मन पर्छ। यो धेरै जादुई छ।”
-एस.जे. वेलास्केज