लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नेकपा (माओवादी केन्द्र)की कृष्णा केसीलाई सहरी विकासमन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त गरेका थिए। नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराए।
बाँकेकी केसी र प्यूठानका थापा दुवै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्। लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको संख्या ९ पुगेको छ।