पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको ढोका खुलेको छ।
बिहीबार बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को इन्जिन स्टार्ट भएपछि आपतकालीन ढोका खुलेको थियो।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार जहाजको ढोका यात्रुले खोलेको पाइएको छ।
ढोकानजिकै रहेका यात्रुले ह्यान्डिल चलाउँदा ढोका खुलेको हुनसक्ने र सुरक्षाकर्मीले ती यात्रुसँग सोधपुछ गरिरहेको उनले बताए।
ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट पठाइएको छ।