सोमबार राति गएको भूकम्पले उत्तर–पश्चिम चीनको ग्यान्सु प्रान्तमा एक सयभन्दा बढीको मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
मध्यरातमा गएको ६.२ म्याग्नेच्युडको भूकम्पले विद्युत्, खानेपानी र सडक संरचनाहरू भत्काएको र कैयन् भवनहरू भग्नावशेषमा परिणत गरेको समाचार संस्थाहरूले जनाएका छन्। नजिकका अरू प्रान्तमा पनि धेरै मानिसहरूको मृत्यु भएको छ।