दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।
गएराति १०:२० बजे तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा २ प ५५८९ नम्बको मोटरसाइकललाई घोराही उपमहानगरपालिका – १० झारबैरा चोकमा ठक्कर दिएको थियो।
दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले टिप्परको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार प्यूठानको झिमरुक गाउँपालिका – ४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौंबहिनी गाउँपालिका – ६ लुङका १८ बर्षीय सागर केसीको मृत्यु उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जानकारी दिए।
मृतक दुई किशोर मामा-भान्जा रहेको खुलेको एसपी केसीले जानकारी दिए। मोटरसाइकल जिसीले चलाएका थिए।