धनुषामा तीनजना सवार तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ अर्का एक घाइते भएका छन्।
शुक्रबार बिहान ३ बजे जनकपुरधामबाट ढल्केवर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाईकल लक्ष्मीनिया गाउँपालिका-४ स्थित सपहीमा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा कमला नगरपालिका-८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका-१ का ३० वर्षीय जयकुमार सहनी रहेका छन्। मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका-१२ का सत्रुधन सहनी गम्भीर घाइते छन्।