धनुषामा बुधबार साँझदेखि हराइरहेकी बालिकको शव पोखरीमा फेला परेको छ।
सबैला नगरपालिका–९ सतोखरकी ६ वर्षीया राखी यादवको शव पोखरीमा फेला परेको प्रहरीले जनाएको छ।
शवको प्रकृति हेर्दा बलात्कार गरी हत्या भएको देखिएको छ। सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा शव फेला परेको हो । उनले लगाएका कपडा खाल्डो छेउमा फेला परेको छ। यस्तै संवेदनशील अंगमा चोट देखिएको छ। बलात्कारकै आशंका प्रहरीले गरेको छ।
ती बालिका विवाहपञ्चमीको अवसरमा निकालिने मटकोरको रथ यात्रामा बुधबार सहभागी थिइन् । सतोखर पोखरीसम्म ती बालिका रथमै चढेर आएकी थिइन् । रथबाट २/३ जना युवकले उनलाई तल उतारेका थिए ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुईजना स्थानीयलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ।