छाती कुनै पनि महिलाका लागि सुन्दरताको विशेष पक्ष हो। यसको साइज ‘प्लस’ छ भने महिलाको मन आफ्नो फिगरलाई लिएर उदास हुँदैन। सानो छाती बढाउन युवतीहरू हरेक विधि अपनाउन तयार हुन्छन्। यसका लागि थुप्रै विकल्प पनि छन्।
सबैभन्दा सफल उपाय ब्रेस्ट इम्प्लान्ट हो। यो महँगो छ तर परिणामले मुहारमा मुस्कान छर्ने काम गर्छ। ब्रेस्ट इम्प्लान्टले युवतीमा ब्रेस्टलाई लिएर उब्जिएको हीन भावना हटाउँछ। ब्रेस्ट इम्प्लान्ट युवतीको शरीर एवं आत्मविश्वाससित जोडिएको सेन्सेटिभ कुरा हो। यद्यपि आफ्नो ब्रेस्टको साइज ठूलो भए आफ्नो साथीलाई इम्प्रेस गर्न सकिन्छ वा सेक्सुयल प्लेजर बढाउन सकिन्छ वा श्रीमानको एक्स्ट्रा मेरिटल अफेयरलाई रोक्न सकिन्छ भनेर सोच्नु गलत हो।
तैपनि शरीरमा कुनै कमीले सम्बन्धविच्छेदको स्थिति सिर्जना नगर्ला भन्न सकिँदैन। कतिपयले शरीरको कमीलाई ठूलो विषय बनाउँछन्, कारण स्त्री–पुरुषको सफल शारीरिक सम्बन्धमा शारीरिक कमी–कमजोरी बाधक बन्न पुग्छ।
धेरैजसो महिलामा स्वस्थ तथा सुन्दर ब्रेस्टको चाहना हुन्छ। ब्रेस्टको साइज सही भए महिलाको आत्मविश्वास बढ्छ। त्यसैले युवतीहरू ब्रेस्ट इम्प्लान्ट गर्न इच्छुक हुन्छन्। आजभोलि यस्ता सफ्टवेयर पनि उपलब्ध छन्, जसमा युवती आफ्नो ब्रेस्टको वास्तविक आकारलाई हेरेर आफ्नो इच्छाअनुसार ब्रेस्टको साइज तय गर्न सक्छन्।
यो कुरा उनीहरुलाई डिजिटल फोटोको माध्यमबाट थाहा हुन्छ। यसबाट सर्जरीपछिको रिजल्ट पहिले नै थाहा हुन्छ। करिब डेढ घन्टाको सर्जरीका क्रममा ब्रेस्टमा सिलिकन हालिन्छ। धेरैजसो केसमा सिलिकन २ सय सिसीभन्दा बढी प्रयोग गरिन्छ। यो युवतीको इच्छामा निर्भर हुने कुरा हो।
सिलिकन इम्प्लान्ट फाट्यो भने पुन: सर्जरी गरिन्छ तर यस्तो सम्भावना ५ प्रतिशत मात्र रहन्छ। त्यसो त ब्रेस्ट इम्प्लान्टको ग्यारेन्टी हुँदैन, यो एकदिनपछि पनि खराब हुन सक्छ र २० वर्षसम्म चल्न पनि सक्छ। यो एउटा मेकानिकल डिवाइस भएको हुनाले यसमा कुनै खराबी आए फेर्न पनि सकिन्छ।
ठूलो साइजको ब्रेस्टको चाहना राख्नेहरूका लागि हिजोआज ब्रेस्ट सर्जरी विद फ्याट इन्जेक्ट पनि लोकप्रिय छ जुन नयाँ प्रविधि हो। विशेषज्ञहरूका अनुसार २०१० मा अमेरिकन मेडिकल एसोसिएसनले बिग ब्रेस्टका लागि फ्याट सर्जरीलाई अनुमति दिएको थियो। पेटमा जमेको फ्याटलाई इन्जेक्सनद्वारा निकालेर त्यसलाई ब्रेस्टमा इन्जेक्ट गरेर ब्रेस्टलाई फुलर लुक दिइन्छ। यो सर्जरीको एक मात्र नकारात्मक पक्ष हो–यसका लागि २–३ सिटिङ्स लाग्नु।
कुनै युवतीको ब्रेस्ट साइजमा फरक छ वा क्यान्सरका कारण एउटा ब्रेस्ट निकालिएको छ भने फ्याट ग्राफ्टिङ फाइदाजनक हुन्छ तर यसमा इम्प्लान्टको जस्तो प्रभाव पाइँदैन। जो इम्प्लान्टपछि अलिकति पनि कटमार्क चाहँदैनन्, उनीहरूले फ्याट ग्राफ्टिङ गराउन सक्छन्।
सिलिकन इम्प्लान्ट र फ्याट ग्राफ्टिङमा फरक छ। फ्याट ग्राफ्टिङमा आफ्नै शरीरको टिस्युजलाई प्रयोग गरिन्छ। कुनै आर्टिफिसियल कुरा शरीरमा हालिँदैन। जस्तो साइज बढे पनि त्यो नेचुरल देखिन्छ। धेरै ठूलो सिलिकन इम्प्लान्ट गर्दा ब्रेस्ट नेचुलर देखिँदैन। फ्याट ग्राफ्टिङमा साइज बढाउने सीमा हुन्छ। यो सर्जरीमा एकदेखि डेढ इन्चसम्म मात्र साइज बढ्छ। यसमा सिलिकन इम्प्लान्टको तुलनामा बढी खर्च लाग्छ।
नवयुवतीहरू ब्रेस्ट क्रिम र मसाज तेलबाट आफ्नो ब्रेस्ट साइज बढाउन लालायित देखिन्छन्। स्त्रीरोग विशेषज्ञहरूका अनुसार ब्रेस्टको टिस्यु मालिसपछि कस्सिन्छ तर ती क्रिमले ब्रेस्टको साइज बढाउन ग्यारेन्टी दिन सक्दैनन्। चिकित्सकहरूका अनुसार मसाज क्रिमले बेस्टमा एन्टी सेल्युलाइट क्रिमले जस्तै काम गर्छ तर यसले साइज बढ्छ नै भन्ने हुँदैन। आयुर्वेद चिकित्सकहरूका अनुसार विशेष मसाज र लेप थेरापीबाट फाइदा हुन्छ। हरेक मसाज र लेपको कम्तीमा ५ सिटिङ हुन्छ र ६ सातासम्म नियमित मालिस गर्न भनिन्छ। यसको परिणाम राम्रो हुन्छ।
बिग र बोल्ड ब्रेस्टका लागि सबैभन्दा सजिलो उपाय केही विशेष ब्रेस्ट एक्सरसाइज हो। फिटनेस एक्सपर्टहरूका अनुसार लुज ब्रेस्ट भएकाले पनि यी एक्सरसाइजबाट लाभ प्राप्त गर्न सक्छन्।