नेपाली क्रिकेट टोलीका कुनैपनि खेलाडी पाकिस्तान सुपर लिग २०२४ को ड्राफ्टमा बिक्न सकेनन् । बुधबार राती सम्पन्न ड्राफ्टमा फ्रेन्चाइज टोलीले नेपाली खेलाडी अनुबन्ध गर्न इच्छा नदेखाएका हुन् । यसअघिका वर्षमा जस्तै नाम दर्ता गराएपनि बिक्री हुन सकेनन् ।
पाकिस्तान सुपर लिगको लागि नेपालबाट १० खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख, आशिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी ड्राफ्टमा थिए ।
नेपालका स्टार स्पिनर सन्दीप लामिछाने प्लेटिनम, अलराउन्डर गुलशन झा गोल्ड क्याटेगोरी र अन्य ८ खेलाडी सिल्भर क्याटेगेरीमा परेका थिए ।
यसअघि आइपिएलमा पनि नेपालबाट कोही खेलाडी अन्तिम ड्राफ्टमा परेका थिएनन्।