आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । केही दिन यता लगातार मौसम बदली भइरहेको छ । हिउँदयामको यो बेला पश्चिमी वायुको प्रभाव धेरै रहने भएकाले मौसम बदली हुने प्रक्रिया खासै नौलो नभएको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो ।
उहाँका अनुसार बिहानदेखि नै धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा लागेको हुस्सु कुहिरो केहीबेर पछि हटेर घाम लाग्ने छ । तर, घाम लागे पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो ।
आज पनि मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नभएको उहाँको भनाइ छ । यस्तै, तराईका जिल्लामा भने दिउँसो पछि मात्रै हुस्सु हट्ने मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । यस्तै, आज उच्च पहाडी र हिमाली क्षेत्रका एक दुई ठाउँमा हल्का हिमपा