नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन्। एक वर्ष तीन महिना कार्यकाल बाँकी छँदै कार्यकारी निर्देशक थानीले राजीनामा दिएका हुन्।
थानीले आज दिउँसो राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिए। बुधवारदेखि नै लागू हुनेगरी थानीले राजीनामा बुझाएका उनले बताए।
थानी २०७८ फागुन २६ गते निगमको कार्यकारी निर्देशकको रूपमा नियुक्ति भएका थिए।