अभियन्ता ईः ले पुल्चोकस्थित ललितपुर महानगरपालिकको प्रांगणमा उभिएर प्रदर्शन गर्न लाग्दा स्थानीयले अवरोध गरेका छन् । ईः ले फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयको विरोध गर्दै मंगलबार दिउँसो ३ बजे महानगरपालिकाको प्रांगणमा १०८ मिनेट उभिएर प्रदर्शन गर्न लागेका थिए ।
महानगरपालिकाले पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक महत्त्वका स्थानहरूमा अवरोध परेको भन्दै मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार रुटमा साँझ/बिहान पनि फुटपाथ पसल राख्न निषेध गरेको थियो।
त्यसको विरोध गर्न खोज्दा स्थानीयले अवरोध गर्दा ईः समर्थक र स्थानीयबीच केहीबेर धकेलाधकेल भएको थियो।